अक्सिजन कन्सन्ट्रेटरमा भन्सार छुट दिने भारतको निर्णय एजेन्सी। भारत सरकारले व्यक्तिगत प्रयोगका लागि विदेशबाट ल्याइने अक्सिजन कन्सन्ट्रेटरको आयातमा भन्सार छुट दिने निर्णय गरेको छ। कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा अक्सिजनको अभाव घटाउन भारत सरकारले यस्तो निर्णय गरेको हो। जसअनुसार अब भारतीय नागरिकले विना भन्सार अक्सिजन कन्सन्ट्रेटर ई-कमर्श र कुरियरमार्फत समेत मगाउन सक्छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्