एक महीनामै रेल आउँदै
काठमाडौं। नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महीनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ।

तर, त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ।

रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ।

रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व्यवस्थापक र साधारण प्राविधिकदेखि विशेषज्ञ इन्जिनियरसम्मको जनशक्ति आवश्यक छ।

अहिलेसम्म कर्मचारी भर्ना तथा व्यवस्थापनको केही पनि काम अगाडि नबढेको आजको गोरखापत्र दैनिकले समाचार लेखेको छ।

जयनगर–जनकपुर खण्डमा चलाउन सरकारले सूर्य–चन्द्र झन्डा अङ्कित रेल खरिद गर्ने निर्णय गरेको थियो।

पहिलो रेल जनवरी २०२० सम्ममा र अर्को रेल भने फेब्रुअरीभित्र आइपुग्ने रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए।

नेपाल आउने रेलसेट अहिले भारतको चेन्नईमा निर्माणाधीन अवस्थामा छ । रेल विभागका महानिर्देशकसहितको टोलीले निर्माणाधीन रेलको निरीक्षण गरेको छ।

प्रवक्ता चित्रकारले भने, “दुईमध्ये एउटा रेल जनवरीभित्र आइपुग्ने निश्चित भएको छ। अर्को रेल फेब्रुअरीभित्र आउँछ तर नेपालको तयारी भने केही पनि छैन । कसले चलाउने, कुन मोडलमा चलाउने, सम्बन्धित प्राविधिक जनशक्ति र कर्मचारी कहाँबाट ल्याउने भने कुरा थाहा छैन। ”

रेल सञ्चालनमा लागि आवश्यक जनशक्ति व्यवस्थापनका कार्यहरू प्रक्रियामा रहेको बताउँदै उनले भने, “नेपालमा सम्बन्धित दक्ष तथा अनुभवी जनशक्तिको अभाव छ । उक्त रेल सञ्चालन गर्न आवश्यक ‘मेनपावर आउट सोर्सिङ’ गरी उपलब्ध गराउनेतर्फ काम भइरहेको छ। ”

पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्म र दोस्रो चरणमा कुर्थादेखि बिजुलपुरादेखि रेल सञ्चालनमा ल्याइने छ।

३४ किलोमिटर दूरी रहेको जयनगरदेखि कुर्थासम्म लिक निर्माण भइसकेको छ।

कुर्थादेखि बिजुलपुरासम्मको दूरी १७ किलोमिटर छ। जयनगरदेखि बर्दिबाससम्म ६९ किलोमिटरको दूरीमा रेलसेवा सञ्चालन गर्ने योजना सरकारको छ।

भाडादर तय

रेल विभागका महानिर्देशक मिश्रका अनुसार नेपाल आउन लागेको रेल ‘डेमो ट्रेनसेट’हो।

एउटा ट्रेन सेटमा अगाडि र पछाडि गरेर दुईवटा इन्जिन हुन्छन्। नेपालतर्फ आउँदा अगाडिको इन्जिन र भारततर्फ फर्किंदा पछाडिको इन्जिनले काम गर्छ।

त्यसैगरी एउटा ट्रेन सेटमा पाँचवटा डब्बा हुन्छन् जसमध्ये एउटा डब्बा वातानुकूलित (एसी कोच) हुने छ।

“जयनगरदेखि कुर्थासम्म साधारणतर्फ ६० रुपैयाँ र ‘एसी’तर्फ ३०० रुपैयाँ भाडादर कायम गर्ने विषयमा छलफल भइरहेको छ। ” जयनगर स्टेशनमा समेत नेपाली रेल्वे व्यवस्थापन राख्ने तयारी भइरहेको मिश्रले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्