जनगणना स्थगित गर्ने तयारी गर्दै सरकार
काठमाडौं। सरकारले आगामी जेठ २५ गतेबाट असार ८ गतेसम्मका लागि तय गरेको १२ औ जनगणना स्थगित गर्ने तयारी गरेको छ। पछिल्ला दिनमा कोरोना संक्रमण बढेपछि जनगणना कार्यक्रम स्थगित गर्ने अवस्थामा सरकार पुगेको हो। कोरोना नियन्त्रणमा सुरक्षा निकाय लगायत अन्य सवै खट्नुपर्ने भएका कारण जनगणना स्थगित गर्ने तयारी भएको स्रोतले बतायो।
प्रतिक्रिया दिनुहोस्