प्रदेश १ मा खोटाङबाट भ्रमण वर्षको शुभारम्भ
खोटाङ। प्रदेश-१ स्तरीय जिल्ला समन्वय समिति महासंघले कार्यसमितिले नेपाल भ्रमण वर्षको शुभारम्भ खोटाङबाट गर्ने भएको छ ।

‘नेपाल भ्रमण वर्ष– २०२०’ को प्रचारप्रसार र प्रवद्र्धनका कार्यक्रमहरू १० पुसबाट शुभारम्भ गर्ने भएको हो ।

खोटाङमा रहेका पर्यटकीय तथा धार्मिकस्थलहरूमा महासंघका केन्द्रीय अध्यक्ष तथा पदाधिकारीलगायत १०० जनाभन्दा बढी पाहुनालाई भ्रमण गराएर भ्रमण वर्षको शुभारम्भ गरिने प्रदेश नम्बर १ का संयोजक  जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताए।

जिल्ला समन्वय समिति खोटाङले ८ पुसमा पत्रकार सम्मेलनमार्फत १०-११ पुसमा पाहुनालाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकामा रहेको प्रमुख पर्यटकीयस्थलहरूमा भ्रमण गराइने जनाएको छ।

१० पुसमा नेर्पामा अवस्थित भुलभुले दूधकुण्ड, रुवालुङ झरना, झाँक्रीबास गुफा र ११ पुसमा ऐतिहासिकस्थल मझुवागढी, कालिका भगवती मन्दिर, बुधेश्वर महादेव गुफा, मानव सभ्यताको उद्गमस्थल किराँतीको आदिम भूमि तुवाचुङ जायाजुम, हलेसी महादेवस्थान, मारतीका गुम्बा, बसाहा थानलगायतका धार्मिक तथा पर्यटकीयस्थलको भ्रमण गरिनेछ।

खोटाङमा सन् २००० मा एक लाख बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।

भ्रमण वर्षको प्रवद्र्धन गर्न दिक्तेल बजारमा १० दिने ‘खोटाङ महोत्सव’, त्रिधार्मिकस्थल हलेसीमा ‘हलेसी महोत्सव’, ऐँसेलुखर्क गाउँपालिकामा ‘बराहपोखरी महोत्सव’ लगायतका कार्यक्रम तय छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्