एन्फाद्वारा मोफसलको खेल तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता संचालन गर्न खेल तालिका सार्वजनिक गरेको छ।

एन्फाले आउँदो फागुन र चैतका लागि मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो।

तालिका अनुसार सुनसरीमा चार, झापामा तीन तथा पोखरा, मकवानपुर, चितवन र धनगढीमा दुई/दुई प्रतियोगिता हुनेछ।

यस्तै बुटवल, इलाम, बागलुङ, सर्लाही, वीरगञ्ज, नेपालगञ्ज, सिमरा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौंमा एक/एक प्रतियोगिता हुने एन्फाले जनाएको छ ।

१-१० फागुनमा पोखरामा मनकामना गोल्डकप, झापामा सताक्षी गोल्डकप र मकवानपुरमा वागमती गोल्डकप आयोजना गरिन्छ।

झापा गोल्डकप, माइभ्याली गोल्डकप र बागलुङमा मेयर कप १५- २४ फागुनमा आयोजना गरिनेछ।

२२ फागुनदेखि १ चैतसम्म पोखरामा आहा रारा गोल्डकप, सर्लाहीमा राजर्षी गोल्डकप र वीरगंजमा विशाल मेमोरियल गोल्डकप संचालन हुनेछ।

मकवानपुरमा मकवानपुर गोल्डकप, सुनसरीमा दुहवी गोल्डकप, धनगढीमा तेस्रो सुदूरपश्चिम गौरी गङ्गा गोल्डकप २९ फागुनदेखि ८ चैतसम्म संचालन गरिने भएको छ।

१३-२२ चैतसम्म सिन्धुपाल्चोकमा सिन्धु गोल्डकप, काभ्रे गोल्डकप र सुनसरीमा भरत गोल्डकप हुनेछ।

एन्फाका अनुसार ८-१७ फागुनमा बुटवलमा तिलोत्तमा गोल्डकप, धरानमा बुढासुब्बा गोल्डकप र २४ फागुनदेखि ३ चैतसम्म नेपालगञ्ज गोल्डकप, चितवनमा भरतपुर गोल्डकप आयोजना गरिनेछ।

६-१५ चैतमा सिमरा गोल्डकप र सुनसरीमा मदन भण्डारी गोल्डकप आयोजना गरिनेछ।

यसैगरी एन्फाले ५-१५ फागुनमा चितवनमा राइनो गोल्डकप, ११-२२ फागुनमा धनगढीमा खप्तड गोल्डकप, २०-२९ चैतमा एन्फा नकआउट प्रतियोगिता गर्ने भएको छ।

१७ चैतदेखि ६ बैशाख २०७७ सम्म झापामा मेचीनगर गोल्डकप संचालन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्