मलेसियामा भवनबाट खसेर अपांग बनेका भोजपुरका युवाले मागे उपचारमा सहयोग

भोजपुर। मलेसियामा भवन बनाउने क्रममा सात तला माथिबाट खसेर गम्भीर घाइते बनेका रामप्रसादराई गाउँपालिका-४, का लोकबहादुर खत्रीको परिवारले उपचारका लागि सहयोगको याचना गरेका छन्।

वैदेशिक रोजगारीमा मलेसिया पुगेका ३५ वर्षीय लोकबहादुरको ११ वर्षअघि भवनको काम गर्दा गर्दै लडेर पेट र खुट्टामा गम्भीर चोट लागेको थियो।

पेट र भाँचिएको खुट्टाको अप्रेसन गरेका उनको घाउ पुनः बल्झिएको हो।

भवन बनाउने क्रममा सात तला माथिबाट खसेर उनको खुट्टा र पेटमा गम्भिर चोट पुगेको छ। उनको खुट्टामा स्टिल लगाईएको छ।

मलेसियाबाट फर्केर भोजपुर, धरान, विराटनगर हुँदै काठमाडौंसम्म पुग्दा पैसा सकिएको उनका दाजु कूलबहादुरले बताए।

अहिले लोकबहादुरको काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार गराइरहेका छन्।

“डाक्टरले फेरि अप्रेसन गर्नुपर्छ भनेको छ, यता र उता कुदाउँदा कुदाउँदै पैसा सबै सकियो, त्यसैले हारगुहार गदैछौँ”, कूलबहादुरले देखापढीसँग भने।

अहिलेसम्म खत्रीको उपचारका लागि दुई लाख रूपैयाँभन्दा बढी खर्च भईसकेको र अस्पतालले अझै तीन लाख रकम मागेको परिवारले बताएका छन्।

खत्रीलाई बचाइदिन उनका परिवारले भोजपुरस्थित राष्ट्रिय वाणिज्य बैंक शाखाको कूलबहादुर खत्री (सम्पर्क ९८४२२७२७५२) को नाममा रहेको खाता नम्बर २०४००२०४३७१० मा रकम सहयोग गरिदिन माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्