काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १३औं दक्षिण एशियाली खेलकुद (साग) मा टीम खेलतर्फ रजत र कांस्य पदक विजेता खेलाडीलाई पुरस्कृत गर्ने सम्बन्धमा प्रष्ट नभएकोप्रति असन्तुष्टि व्यक्त गरेको छ।
व्यक्तिगत स्पर्धाका स्वर्ण, रजत र कांस्य पदक विजेता खेलाडीका लागि पुरस्कार घोषणा भएपनि टिम खेलमा रजत र कांस्य जित्नेलाई पुरस्कारमा प्रष्ट सम्बोधन नभएको भन्दै संघले असन्तुष्टि जनाएको हो।
संघका अध्यक्ष दीपक श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरी टीम खेलमा रजत र कांस्य पदक जित्नेको पुरस्कार तत्काल घोषणा गर्न पनि सरकार र राष्ट्रिय खेलकुद परिषद्समक्ष माग गरेका छन्।
"ऐतिहासिक रुपमा साग आयोजना गर्नुका साथै खेलाडी र खेलकुदलाई अघि बढाउन महत्वपूर्ण काम गर्दै आएको सरकार तथा राष्ट्रिय खेलकुद परिषदलाई हामी टिम खेलका रजत र कांस्य पदक जित्नेको पुरस्कार पनि तत्काल घोषणा गरेर खेलाडीको मनोबल घट्न नदिन अनुरोध गर्न चाहन्छौं", विज्ञप्तिमा उल्लेख छ।
विगतमा घोषणा भएका पुरस्कार खेलाडीले लामो समयसम्म पनि नपाएको अवस्था स्मरण गराएको संघले यो पटक त्यस्तो नहोस् भनी सरकारको ध्यानाकर्षण गराउँदै भनेको छ, " नेपाली खेलकुदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतिक्षा गर्नुपरेका थुप्रै घटना छन्। त्यसैले यसपाली वर्तमान खेल नेतृत्वबाट विगतमा साग सकिएको एक सातामै खेलाडीलाई पुरस्कार दिने घोषणा भएझै तत्काल घोषित रकम उपलब्ध गराउन अनुरोध गर्न चाहन्छौं।"
दक्षिण एशियाली खेलकुदको सबैभन्दा ठूलो खेल मेला सागको १३औं संस्करणले अन्तर्राष्ट्रिय जगतमा नेपालको इज्जत र प्रतिष्ठा अझ माथि उचाल्न सफल भएको पनि संघको ठहर छ। नेपालले इतिहासमै सबभन्दा बढी ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदकसहित २०६ पदक जित्दै यो सागमा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो।
सागका पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कांस्य विजेतालाई ३ लाख नगद पुरस्कार घोषणा गरेका थिए। खेलाडीको हौसला अभिवृद्धिका लागि प्रधानमन्त्रीबाट घोषणा भएको आकर्षक पुरस्कार स्वागतयोग्य भएको संघको भनाई छ।
आठौं र नवौं सागमा नेपाललाई कराँतेबाट स्वर्ण दिलाएका संघका अध्यक्ष श्रेष्ठले खेलाडीका नजरबाट यो साग अत्यन्तै सफल भएको बताएका छन्। देशलाई सर्बाधिक पदकका साथ ऐतिहासिक रुपमा दोस्रो स्थान दिलाउन नेपाली खेलाडीको मेहनत, परिश्रम र संघर्षको जति प्रशंसा गरे पनि कम हुने श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सिमित स्रोत र साधनका बावजुद नेपाली खेलाडीले १३औं सागको सफलतामा गरेको योगदान अतुलनीय रहेको ठहर गरेको संघले विभिन्न आशंकाकाबीच खेलकुद परिषद्को नेतृत्वले दिनरात मेहनत गरेर सफलतापूर्वक साग सम्पन्न गरेकोमा प्रशंसा पनि गरेको छ।
" /> काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १३औं दक्षिण एशियाली खेलकुद (साग) मा टीम खेलतर्फ रजत र कांस्य पदक विजेता खेलाडीलाई पुरस्कृत गर्ने सम्बन्धमा प्रष्ट नभएकोप्रति असन्तुष्टि व्यक्त गरेको छ।व्यक्तिगत स्पर्धाका स्वर्ण, रजत र कांस्य पदक विजेता खेलाडीका लागि पुरस्कार घोषणा भएपनि टिम खेलमा रजत र कांस्य जित्नेलाई पुरस्कारमा प्रष्ट सम्बोधन नभएको भन्दै संघले असन्तुष्टि जनाएको हो।

">