मास्क नलगाइ हिड्ने ३ हजार ७४६ जनालाई होल्डिङ जोनमा राखियो
काठमाडौं। नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा मास्क नलगाइ हिँडडुल गर्ने ३ हजार ७४६ जनालाई होल्डिङ जोनमा राखि सम्झाइबुझाइ छाडेको छ। यस्तै तोकिएको मापदण्ड उल्लंघन गर्ने ५१५ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवानासमेत गरिएको प्रहरीले जनाएको छ। कोरोना नियन्त्रणको लागि प्रहरीद्वारा देशभर सञ्चालित सचेतनामूलक कार्यक्रममा ३१ हजार ८ सय ४१ जना सहभागी भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्