काठमाडौं। नौ वर्षको उमेरमा हो, सन्तोष साहुखलको बाल मस्तिष्कले दशरथ रंगशाला फुटबल खेल्ने कल्पना गरेको।
आज न्युरोड टिम (एनआरटी)विरुद्धको खेलमा गोल गरे सन्तोषले त्यही दशरथ रंगशालालाई साक्षी राखेर शहीद स्मारक ‘ए’ डिभिजन लिगमा १०० गोलको कोसेढुंगा हासिल गर्नेछन्।
त्यो गोलले सन्तोषलाई शहिद स्मारक ‘ए’ डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडी समेत बनाउनेछ।
लिगको जारी सिजनका दुई खेलमा तीन गोल गरिसकेका सन्तोष आधुनिक फुटबलमा १०० गोलको कोसेढुंगा पुरा गर्नबाट एक गोलले मात्र पछि छन्।
१० असार २०६० मा लिगमा पहिलो गोल गरेका सन्तोषको ९९ गोल पनि आफैमा कीर्तिमान हो।
गत सिजनमै उनी १०० गोल पूरा गर्ने लक्ष्यका साथ जापानबाट आएका थिए। तर, गत बर्ष त्यो लक्ष्य पुरा भएन।
लामो समयको अन्तरालपछि शुरू भएको ‘ए’ डिभिजन लिगमा सन्तोषले ६ खेलमा तीन गोल मात्र गर्न सके। १००औं गोलको कीर्तिमान बनाउन उनलाई चार गोल अपुग भयो।
यस सिजन आफूसँगै अन्य तीन जापानी खेलाडी लिएर नेपाल आएका सन्तोषको लक्ष्य भने फेरिएको छ। लिगमा उनको १०० गोल त हुन्छ नै, उनी भने जारी सिजनमा ‘लिडिङ गोल स्कोरर’ बन्न चाहन्छन् ।
सन्तोष भन्छन्, “१०० गोल भन्दा पनि मेरो लक्ष्य जारी सिजनमा कम्तीमा १५–१६ गोल गर्ने हो ।”
लिगमा उनले पहिलो गोल थ्री–स्टारबाट संकटा क्लबविरुद्ध दशौं मिनेटमा गरेका थिए। उक्त खेलमा थ्री स्टार ३-२ गोलले पराजित भएको थियो। त्यही संकटा क्लबविरुद्ध उनले गत ३० मंसीरमा दशरथ रंगशालामै दुई गोल गरे ।
सन्तोष बुबा बालकृष्ण साहुखलको हात समाएर पहिलो पटक रंगशालामा फुटबल हेर्न आएका थिए।
फुटबलप्रतिको उनको रुचि देखेरै बालकृष्णले बेलाबेला छोराहरुलाई रंगशाला लैजान्थे। त्यही बेला नै हो, साहुखलको बाल मस्तिष्कमा रंगशालामा फुटबल खेल्ने इख पलाएको।
त्यो सपना पूरा गर्न उनले लामो समय कुर्नु परेन। स्कूल पढ्दापढ्दै उनले थ्री–स्टार क्लबबाट लिगमा डेब्यू गरे। दशरथ रंगशालामा खेल्ने धोको पूरा गरे।
त्यसक्रममा उनले लिगमा सबभन्दा सफल स्ट्राइकरका रुपमा आफुलाई स्थापित गरे।
सन्तोष अहिले लिगमा शतक गोलको संघारमा छन्। उनले सबभन्दा धेरै गोल पनि थ्री–स्टारबाटै गरेका छन्। ७१ गोल उनले यही क्लबबाट गरेका हुन्।
थ्री-स्टारका तत्कालीन अध्यक्ष स्व. ललितकृष्ण श्रेष्ठले सन्तोषलाई खुबै माया गर्थे। “हो, उहाँले मलाई धेरै माया गर्नुहुन्थ्यो।
मेरो यो उपलब्धिमा उहाँको ठूलो योगदान छ”, पुराना दिन सम्झदै सन्तोषले भने, “थ्री–स्टार क्लब मलाई अहिले पनि आफ्नै परिवार जस्तो लाग्छ।”
सन्तोष बीचमा एक सिजन सशस्त्र प्रहरी बल (एपिएफ)क्लबबाट पनि खेले। २०६३ सालमा एपिएफबाट खेल्दा उनले ६ गोल गरे।
अर्को सिजन पूनः थ्री–स्टार फर्किए। २०६८ सालमा उनी सबभन्दा महंगो खेलाडी बनेर मनाङ मस्र्याङ्दी क्लब गए। त्यो सिजन उनले मनाङबाट १६ गोल गरे।
“मलाई त्यो क्षण सम्झदा खुशी लाग्छ। मेरो कारणले अन्य खेलाडीहरूको पनि तलब बढ्यो”, सन्तोषले भने।
मनाङले उनलाई लामो समय लोभ्याउन सकेन। अर्को सिजन उनी थ्री–स्टारमै फर्किए। २०७० सालपछि अखिल नेपाल फूटबल संघ (एन्फा)ले नियमित लिग गराउन सकेन। त्यसपछि सन्तोष जापानतिर लागे।
“लिग हुने–नहुने नै थाहा भएन। भए पनि कहिले हुने, कहिले नहुने। त्यहीबेला जापानबाट अवसर आयो, अनि म उतै लागें”, जापान बसाइबारे सन्तोषले थपे, “जापानमा गैरनाफामूलक संस्था एफसी रियालेमा बच्चाहरुलाई फुटबल सिकाउने काम गर्छु। त्यसका साथै त्यहाँको जे–८ लिगअन्तर्गत एसएस इजु क्बलबाट फुटबल पनि खेल्छु ।”
एएफसी रियालेले बच्चाहरुलाई निःशुल्क फुटबल सिकाउने काम गर्छ। नेपाल र जापान दुवै देशमा काम गरिरहेको एफसी रियालेको जापानमा ६० तथा नेपालमा ५० जना भन्दा बढी बालबालिकाले प्रशिक्षण गरिरहेका छन्।
जापानमा व्यस्त सन्तोषलाई पुनः नेपाल फर्काउन सहयोगी बने, शंकर व्यन्जनकार। शंकर च्यासल क्लबका टिम व्यवस्थापक हुन्।
लामो समयपछि शुरु भएको लिगमा च्यासलले राम्रो गर्ने लक्ष्यसाथ राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्यलाई प्रशिक्षणको जिम्मेवारी दिएको थियो भने विमल घर्तिमगर, हेमन्त थापामगर लगायतका युवा स्टारलाई टोलीमा अनुबन्ध गरेको थियो।
शंकरले टिमलाई थप मजबुत बनाउन आफ्नै पहलमा दाजु बालगोपाल साहुखलमार्फत सन्ताषलाई नेपाल झिकाए।
अवसर पाए लिगमा खेल्ने इच्छा गरेर बसेका सन्तोषलाई ‘ढुंगा खोज्दा देउता मिल्यो’ भने जस्तै भयो।
समय मिलाएर नेपाल आए। तर एन्फाले खेल तालिका परिवर्तन गरेका कारण उनले धेरै खेल खेल्न पाएनन्। ६ खेलमा तीन गोल गरेर लिगको बीचमै उनी जापान फर्किए।
यसपटक च्यासलले सन्तोषका दाजु बालगोपाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।
दाई ‘टचलाइन’मा छन् भने भाई मैदानको अग्र भागमा छन्। सन्तोष आफ्नै क्लबमा भएका कारण बालगोपाल पनि ढुक्क छन्।
उनले अग्रपंक्तिका खेलाडी खोज्न धेरै मिहिनेत गर्नु परेन। टिमको अन्य पक्ष बलियो बनाउन आफ्नो ध्यान केन्द्रित गर्न पाए।
“सन्तोष अहिलेको अवस्थामा नेपालको सबभन्दा उत्कृष्ट नम्बर ९ का खेलाडी हुन्, जुमानु राई, निराजन रायमाझी र बसन्त थापा त्यो भूमिकामा भएपनि नयाँ पुस्तामा नम्बर ९ खेलाडी मैले देखेको छैन”, बालगोपालले भने, “हामी सँगसंगै हुर्कियौं, संगै खे्रल्यौं। मुखले भन्दैनौं तर व्यवहारले चाहिँ हामी एकअर्कालाई एकदम माया गछौं। एकअर्कालाई सक्दो सहयोग गर्छौैं।”
गत सिजन च्यासलको प्रशिक्षक रहेका राजुकाजी शाक्य अहिले एनआरटीमा छन्। उनै शाक्यको एनआरटीविरुद्ध च्यासलले लिगको तेस्रो खेलमा आज दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछ।
गत सिजन लिगको पुछारमा रहेको एनआरटीले यस सिजन दुई खेलमा तीन अंक जोडेको छ। तर गत सिजन पुछारमा रहेका कारण दुई अंक घटाइएको छ। त्यसका कारण अहिले एनआरटी १ अंकका साथ दशौं स्थानमा छ।
एनआरटीविरुद्ध गोल गरे सन्तोषको १०० गोल पूरा हुनेछ।
एनआरटीका प्रशिक्षक शाक्यले पनि सन्तोषलाई १०० गोलका लागि शुभकामना दिए। उनले थपे, “खेलाडीहरू आफ्नो नाममा इतिहास बनाउन चाहन्छन्। सन्तोष पनि त्यस्तै क्षणको संघारमा छन्। शुभकामना।”
प्रशिक्षक शाक्यले आफ्नो लक्ष्य पनि च्यासलविरुद्ध स्पष्ट तीन अंक हासिल गर्नु रहेको बताए।
उनले थपे, “च्यासल राम्रो टिम छ। जापानी खेलाडीको आगमनले अझ राम्रो टिम बनेको छ। तर, हामी जित्नकै लागि खेल्छौं”, आफ्नै पुरानो क्लबविरुद्धको खेलबारे शाक्यले थपे।
" /> काठमाडौं। नौ वर्षको उमेरमा हो, सन्तोष साहुखलको बाल मस्तिष्कले दशरथ रंगशाला फुटबल खेल्ने कल्पना गरेको।आज न्युरोड टिम (एनआरटी)विरुद्धको खेलमा गोल गरे सन्तोषले त्यही दशरथ रंगशालालाई साक्षी राखेर शहीद स्मारक ‘ए’ डिभिजन लिगमा १०० गोलको कोसेढुंगा हासिल गर्नेछन्।

">