कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सर्यो
<p>काठमाडौं। १० पुसमा बोलाइएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ। बैठक ११ पुसमा बस्ने तय भएको छ।</p>
<p>विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि बैठक १ दिन पर धकेलिएको हो । </p>
<p>२६ मंसीरदेखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि कांग्रेसको बैठक पटक-पटक स्थगित हुँदै आएको छ । </p>
<p>कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक ११ पुस, दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्