छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु
काठमाडौं। सप्तरी र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टा-छुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

सप्तरी, रुपनी गाउँपालिका–६ बीरेन्द्रबजार नजिक स.१ ज १३८१ नम्बरको जिपले स.१० प ८२५ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो। उनको सनाखत भएको छैन।

गम्भीर घाइते भएका मोटरसाइकलमा सवार ४० वर्षीय अर्का व्यक्तिको पनि उपचारका क्रममा सगरमाथा अञ्चल अस्पताल राजबिराजमा मृत्यु भएको छ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी सप्तरी, सुरुङ्गा नगरपालिका–४ कदमाहमा ना.३ ख १२६९ नम्बरको बसले ना.६५ प ९०४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा लक्ष्मीपुर पतार गाउँपालिका-२ बस्ने २६ वर्षीय अरुणप्रसाद साहको उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सिरहा लक्ष्मीपुर पतार गाउँपालिका–२ बस्ने १८ वर्षीया कल्पनाकुमारीको सप्तऋषि अस्पताल लहान सिरहामा उपचार भइरहेको छ।

बस चालक भने फरार छन्।

त्यस्तै रूपन्देही, रोहिणी गाउँपालिका-३ रामनगरस्थित सडकमा ना.५ च ५८१ नम्बरको जिपले लु.५१ प ९५५३ नम्बरको मोटरसाइकललाई हिजो साँझ ठक्कर दिँदा गम्भीर घाइते मोटरसाइकल चालक रोहिणी गाउँपालिका-३ बस्ने ४२ वर्षीय बृजकिशोर प्रसाद गुप्ताको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ।

जिप चालक प्रहरीको नियन्त्रणमा छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्