आज देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना
काठमाडौं। आज देशभर आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकशित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्पयुक्त हावाको प्रभावका कारण मौसम बदली भएको हो। प्रदेश १, प्रदेश २ तथा पहाडी भू–भागका केही स्थानहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहेको छ।
प्रतिक्रिया दिनुहोस्