इन्जाद्धारा सुरक्षित रहेर सुचना प्रवाह गर्न विशेष अनुरोध
काठमाडौं। नेपाली पत्रकारहरुको अन्तरर्राष्ट्रिय संजाल (इन्जा) ले आज विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण नेपाली पत्रकारहरुलाई अहिलेको विषम परिस्थितिमा आफू पनि सुरक्षित रहेर सुचना प्रवाह गर्न विशेष अनुरोध गरेको छ। जस्तोसुकै कठिन परिस्थितिमा पनि आफनो दायित्व पूरा गर्न लागिपर्ने आम संचारकर्मीहरुले सार्वजनिक हितमा सूचना प्रवाह गरेर आम नागरिकहरुको सूचना पाउने हकलाई पूरा गरिरहेको इन्जाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्