आज विश्व प्रेस स्वतन्त्रता दिवसः नेपालमा प्रेस स्वतन्त्रताविरोधी ४५ घटना
काठमाडौं। गत वर्ष नेपालमा ४५ वटा प्रेस स्वतन्त्रताविरोधी घटना भएका छन्। ती घटनाबाट ५८४ जना पत्रकार र ३ मिडिया हाउस गम्भीर रुपमा प्रभावित र पीडित भएका छन्। प्रभावितमध्ये ७७ जना महिला पत्रकार छन्। विभिन्न खाले आक्रमणबाट ४८ र दुव्र्यवहार तथा धम्कीको सामना १२ जना पत्रकारले गर्नुपरेको छ। यस्तै, ५१७ जना पत्रकार विस्थापित हुनुपरेको पत्रकार महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्