उपत्यकामा २२ सयभन्दा बढी गाडीलाई होल्डमा राखियो
काठमाडौं। निषेधाज्ञा अवज्ञा गरी चलाइएका २ हजार २०९ वटा सवारी साधनलाई आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको जनाएको छ। होल्ड गरिएकामध्ये १ हजार ५५६ वटा २ पाङग्रे, ५१९ वटा चारपाङग्रे र १३४ वटा ठूला सवारी साधन रहेका थिए। होल्ड गरेका सवारी साधनलाई छाडिसकेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्