निषेधाज्ञामा हिँडडुल गर्ने ३ हजार १९२ जना प्रहरीको होल्डिङ जोनमा
काठमाडौं। निषेधाज्ञा अवज्ञा गर्दै अत्यावश्यक कामबाहेक हिँडडुल गर्ने ३ हजार १९२ जना मानिसलाई प्रहरीले आइतबार होल्डिङ जोनमा राखेर सम्झाइ बुझाइ छाडेको छ। काठमाडौँबाट १ हजा ६८४ जना, ललितपुरबाट १ हजार ३५४ जना र भक्तपुरबाट १ सय ५४ जनालाई होल्डिङ जोनमा राखेर सम्झाईबुझाई छाडेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्