काठमाडौं। राजनीतिक अस्थिरता, लामो समयको खडेरी तथा निरन्तरको आन्दोलनका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएको छ। हाइटीमा विगतमा महिनौं लामो आन्दोलन भएको थियो। त्यसका कारण पनि त्यहाँको आर्थिक विकास तथा क्रियाकलापहरुको अवस्था नाजुक बनेको र यसले गर्दा खाद्यान्नको आपूर्तिमा नै कमी आउने अवस्था देखिएको पाइएको हो।
आन्दोलनकै कारण हाइटीमा खाद्यान्नको कमी हुने खतरा बढेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा जनाइएको छ। राजनीतिक अस्थिरताकै कारण सेप्टेम्बरको मध्यदेखि व्यापार व्यवसायका साथै विद्यालय, विश्वविद्यालय पनि लामो समय बन्द थिए। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार हाइटीमा खाद्य असुरक्षाको अवस्था बढ्दै छ।
हाइटीमा दैनिक प्रशासन सञ्चालनका साथै उत्पादन र बन्द व्यापारको काम पनि हुन नसकेकोले देशको आर्थिक अवस्थाका साथै खाद्य उत्पादन पनि कम हुँदै गएको उनको भनाई छ। हाइटीका लाखौं मानिस खाद्यान्नको अभावको समस्यामा पर्न सक्ने उनले बताएका छन्।
अहिले पनि हाइटीका करीब ३७ लाख नागरिक खाद्यान्न अभावको समस्यामा परिरहेको पछिल्लो एक रिपोर्टमा उल्लेख छ। आगामी दिनहरुमा पनि यो समस्याको समाधान हुनुको सट्टा थप जटिल बन्दै जाने अवस्था रहेको डुजारिकले बताए
संयुक्त राष्ट्रसङ्घले केही समय अघि प्रकाशन गरेको ‘इन्टिग्रेटेड फेज क्लासिफिकेसन’ (आइपिसी) प्रतिवेदनमा हाइटीको अवस्थामा तत्कालै सुधार ल्याउन नसकिने पनि उल्लेख छ । चार महिनाभित्रै हाइटीमा कम्तीमा पनि ४२ लाख नागरिकले खाद्यान्न अभावको समस्या झेल्नुपर्ने अवस्था आउने प्रतिवेदनमा जनाइएको छ।
" /> काठमाडौं। राजनीतिक अस्थिरता, लामो समयको खडेरी तथा निरन्तरको आन्दोलनका कारण हाइटीमा खाद्य असुरक्षा बढ्दै गएको छ। हाइटीमा विगतमा महिनौं लामो आन्दोलन भएको थियो। त्यसका कारण पनि त्यहाँको आर्थिक विकास तथा क्रियाकलापहरुको अवस्था नाजुक बनेको र यसले गर्दा खाद्यान्नको आपूर्तिमा नै कमी आउने अवस्था देखिएको पाइएको हो।आन्दोलनकै कारण हाइटीमा खाद्यान्नको कमी हुने खतरा बढेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा जनाइएको छ। राजनीतिक अस्थिरताकै कारण सेप्टेम्बरको मध्यदेखि व्यापार व्यवसायका साथै विद्यालय, विश्वविद्यालय पनि लामो समय बन्द थिए। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार हाइटीमा खाद्य असुरक्षाको अवस्था बढ्दै छ।

">