काठमाडौं। निर्वाचन आयोगले ९ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दलहरूलाई चुनाव चिन्ह प्रदान गरेको छ।
संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ अनुसार आयोगमा दर्ता भएका ११ वटा दललाई चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिए।
आयोगको ८ पुसको निर्णय अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सूर्य, नेपाली कांग्रेसले रूख, समाजवादी पार्टीले पाँच औंलासहितको हत्केला र राष्ट्रिय जनता पार्टी नेपालले ढल्केको छाता चुनाव चिन्ह पाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले हलो, राष्ट्रिय जनमोर्चाले गिलास, नेपाल मजदुर किसान पार्टीले मादल, नेपाल संघीय समाजवादी पार्टीले बस चुनाव चिन्ह पाएका छन्।
यसैगरी, नेपाली जनता दललाई गोरु गाडाको चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातन्त्रिक जनता पार्टीलाई ट्याक्टर चुनाव चिन्ह प्रदान गरिएको प्रवक्ता शर्माले बताए।
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतसमेत नियुक्त गरेको छ। न्याय परिषद्सँगको परामर्शमा निर्वाचन अधिृकत नियुक्त गरेको आयोगले जनाएको छ।
जसअनुसार प्रदेश–१ मा मोरङ जिल्ला अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेल, प्रदेश–२ मा धनुषा जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडा, प्रदेश–३ मा ललितपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीलाई निर्वाचन अधिृकत नियुक्त गरिएको छ।
गण्डकी प्रदेशमा जिल्ला अदालत कास्कीका न्यायाधीश काजीबहादुर राई, प्रदेश–५ मा जिल्ला अदालत दाङका न्यायाधीश रितेन्द्र थापा, कर्णाली प्रदेशमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशमा डोटी जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ।
राष्ट्रिय सभामा रिक्त हुने १८ पदका लागि ९ माघमा बिहान १० देखि दिउँसो चार बजेसम्म मदतान हुनेछ। राष्ट्रिय सभामा १९ जना सांसदको पदावधि २० फागुनमा सकिदैछ। निर्वाचित १८ र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका एकजनाको पदावधि २० फागुनमा सकिनेछ।
पढ्नुहाेस्
राष्ट्रियसभा निर्वाचनको तालिका सार्वजनिक, २० पुसमा उम्मेद्वारी दर्ता
राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
राष्ट्रियसभाको निर्वाचन ९ माघमा गर्ने सरकारको निर्णय
फागुनमा सकिँदैछ राष्ट्रिय सभाका यी १९ सदस्यको पदावधि