काठमाडौं। काठमाडौं महानगरपालिकाले २९ मंसीरदेखि सडकमानवमुक्त अभियान थालेको छ। हालसम्म सडकमै जीवन बिताउने २८५ जनाको उद्धार गरिएको छ।
तर, उद्धार गरिएकाहरूलाई परिवार र आफन्तको जिम्मा लगाउन भने समस्या भएको छ। घर फर्काइने पीरले उनीहरूले सत्यतथ्य जानकारी नदिँदा आफन्तको जिम्मा लगाउन समस्या भएको हो।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले उद्धार गरिएकाहरुलाई परिवारबारे जानकारी लिनका लागि परामर्श आवश्यक रहेको बताए।
महानगरले सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्को, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चाबहिलचोकगायत स्थानका छन्। सडकमा बस्नेहरू ४० भन्दा बढी जिल्लाका रहेका भए पनि बढी मात्रामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा र चितवनको बढी रहेको आश्रमले जनाएको छ।
उद्धार गरिएकाहरूमा बढी पुरुष छन्। ती १६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन्।
हरेक राति ८ देखि ११ बजेसम्म उद्धारको काम गर्नका लागि काठमाडौं महानगरपालिका, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधिसहित ५० जनाको टोली खटिने गरेको छ। सडकका भरमा कोही पनि बस्नु नपरोस् भन्दै बिरामीलाई उपचार गर्ने, परिवार भएकालाई जिम्मा लगाइदिने र बेसहारालाई सहयोग गरी संरक्षण गर्ने जनाई काठमाडौं महानगरपालिकाले यस किसिमको अभियान सञ्चालन गरेको हो।
कार्यक्रम सञ्चालन गरिएको तीन महीनामा ३२ वटै वडामा बेसहारा भई आफ्नो जीवन बिताइरहेकाको उद्धार गर्ने महानगरको लक्ष्य छ। ‘बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त महाअभियान घोषणा मूल व्यवस्थापन समिति’ प्रदेश ३ का इञ्चार्ज सुमन बर्तौलाले उद्धार गरिएकामध्ये १२९ पुरुष र १४ महिला तथा एक–एक बालक र बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको बताए।
उद्धार गरिएकामध्ये पहिचान गरिएका १५ जनालाई मानव सेवा आश्रममा लगिएको छ। त्यस्तै ९ जनाको अस्पतालमा राखेर उपचार भइरहेको छ।
काठमाडौं महनगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार शुरू गरिएको बताए। उनले व्यक्तिको उद्धारपूर्वको अवस्थालाई तस्वीर र भिडिओसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन पनि समितिलगायत निकायलाई निर्देशन दिएका छन्। रासस
" /> काठमाडौं। काठमाडौं महानगरपालिकाले २९ मंसीरदेखि सडकमानवमुक्त अभियान थालेको छ। हालसम्म सडकमै जीवन बिताउने २८५ जनाको उद्धार गरिएको छ।तर, उद्धार गरिएकाहरूलाई परिवार र आफन्तको जिम्मा लगाउन भने समस्या भएको छ। घर फर्काइने पीरले उनीहरूले सत्यतथ्य जानकारी नदिँदा आफन्तको जिम्मा लगाउन समस्या भएको हो।

">