जुम्लामा ७० वर्षीय बृद्धबाट ५ वर्षीया बालिका बलात्कृत जुम्ला। जुम्लामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिकालाई बलात्कार गरेको आरोपमा कनकासुन्दरी गाउँपालिका–१ काभ्रानेटा बस्ने ७० वर्षीय बुद्धिमान बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। बुद्धिमानले ती बालिकालाई बिहीबार बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी चौथाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्