ट्याक्टरले लियो तीन वर्षीय बालकको ज्यान
काठमाडौं। धनुषाको मिथिला नगरपालिका–८ जमुनिबासस्थित सडकमा प्रदेश १–०२–००१ त ८०२ नम्बरको ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने शंकर पुर्वेका छोरा ३ वर्षीय गौतम पुर्वे रहेका छन्। उनको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस्