काठमाडाैं। समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
आज समाजवादी पार्टीकाे केन्द्रीय कार्यकारिणी समितिकाे बैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे हाे।
सिंहदरबारस्थित समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे जानकारी गराइएकाे छ।
समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिएको देखापढीलाई बताए।
पत्रकार सम्मेलनमा समाजवादीका महासचिव रामसहाय यादवले समर्थन फिर्ताकाे निर्णय पढेर सुनाएका थिए। उनले संविधान संशाेधन गर्ने सहमति गरेर आफ्नाे पार्टी सरकारमा सहभागी भएकाे तर, सरकार र नेकपाले सहमतिकाे कार्यान्वयन गर्न चासाे नदेखाएकाे आराेप लगाए। सहमतिअनुसार संशाेधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्मरण पत्र बुझाएकाे पनि उल्लेख गरे।
७ पुस साँझ मन्त्रिपरिषद्को बैठकमा कानूनमन्त्री उपेन्द्र यादवले संधिवान संशोधनको प्रस्ताव पेश गर्न खोजेका थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संशोधन प्रस्ताव पेश गर्नै दिएनन्। त्यसपछि ८ पुसमा कानुनमन्त्री यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए।
" /> काठमाडाैं। समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।आज समाजवादी पार्टीकाे केन्द्रीय कार्यकारिणी समितिकाे बैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे हाे।

">