काठमाडौंबाट संक्रमितलाई 'हवाई बेड लिफ्ट' गरी जिल्लाका अस्पतालमा लैजान थालियो
काठमाडौं। कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न आइसियूको अभाव हुन थालेपछि काठमाडौं उपत्यकाबाट जिल्लाका अस्पतालमा 'हवाई बेड लिफ्ट' गरी बिरामी लैजान थालिएको छ। काठमाडौंस्थित मनमोहन अस्पतालबाट ३५ वर्षीय मदन पाठकलाई झापाको बीएण्डसी अस्पताल लगिएको छ। उनलाई हेलिकप्टरमार्फत 'बेड सिफ्ट' गरिएको बताइएको छ। वैशाख १५ गते पनि ह्याम्स अस्पतालबाट झापा निवासी नरप्रसाद उप्रेतीलाई जिल्लाकै अस्पतालमा लगिएको थियो। रासस
प्रतिक्रिया दिनुहोस्