पश्चिम नाइजरमा विद्रोहीको आक्रमणमा १६ सिपाहीको मृत्यु
एजेन्सी। पश्चिम अफ्रिकी मुलुक नाइजरको टिलियामा सशस्त्र विद्रोहीले गरेको आक्रमणमा १६ जना सिपाहीको मृत्यु भएको छ। विद्रोहीको उक्त आक्रमणबाट क्याप्टेन मामान नामेवाको नेतृत्वमा रहेका अरु छ जना सैनिक घाइते भएको सेनाले जनाएको छ। विद्रोहीहरुले सेनालाई बारुदी सुरुङमा पारेको त्यस क्षेत्रका सचिव इब्राहिम मिकोले बताए। साहेल–सहारा क्षेत्रको शान्ति, सुरक्षा र विकासमाथि विद्रोहीहरुले निरन्तर धावा बोलिरहेका छन्। रासस
प्रतिक्रिया दिनुहोस्