कीर्गिस्तान-ताजिकिस्तान द्वन्द्व : ३१ सर्वसाधारण मारिए, १६० घाइते
अल जजिरा। कीर्गिस्तान-ताजिकिस्तानबीचको गत साताको द्वन्द्वबीच १६० जनाभन्दा बढी घाइते भएका छन् भने ३४ जना मृतमध्ये ३१ जना सर्वसाधारण मारिएका छन्। दुवै पक्षबीच पटकपटक जमिन र पानीका लागि भइरहने झगडामा सेना पनि संलग्न हुन्छन्। गत बिहीबारको झडप दुवै देशको ३०-वर्षे स्वतन्त्रता इतिहासमा निकै ठूलो हो। शनिबारबाट भने दुवै पक्षबीच युद्धविराम भएको छ।
प्रतिक्रिया दिनुहोस्