बंगलादेशमा स्पिडबोट दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु एजेन्सी। बंगलादेशको पद्मा नदीमा सोमबार बिहानै भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्यमकाअनुसार एउटा खचाखच यात्रुले भरिएको स्पिडबोट (तिब्र गतिमा दौडिने डुङ्गा)ले बालुवा ओसार्ने यन्त्रमा ठोक्किएर उक्त दुर्घटना भएको थियो। स्थानीय समयअनुसार बिहान ७ बजे भएको यस दुर्घटनामा अरु पनि व्यक्ति बेपत्ता भएको हुन सक्ने प्रहरी अधिकृत आशिकुर रहमानले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्