अफ्रिकी देश चाडमा नयाँ अन्तरिम सरकार घोषणा अल जजिरा। अफ्रिकी देश चाडमा गत महिना वरिष्ठ नेता इदरिस डेबीको मृत्युपछि उनका छोरा महामतले अन्तरिम सैन्य सरकारको घोषणा गरेका छन्। सैन्य प्रवक्ता आजम बर्मन-दोआ अगौनाले राष्ट्रिय टेलिभिजनमार्फत् राष्ट्रिय मेलमिलाप मन्त्रालयसहित ४० सदस्यीय मन्त्रिमण्डल गठन भएको जनाएका छन्। लामो समयदेखिका विपक्षी नेता सालेह केबजाबोका पार्टीबाट दुईजना मन्त्री बनेपछि उनले पनि यस मन्त्रिमण्डलप्रति समर्थन जनाइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्