राष्ट्रिय विपद् प्राधिकरणले सरकारबाट पायो २० करोड रूपैयाँ, प्रभावित जिल्लामा रकम पठाइदै काठमाडौं। पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरकारबाट २० करोड रूपैयाँ प्राप्त गरेको छ। सो रकम जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा जिल्लामा पठाउन सुरु गरिएको छ। म्याग्दी जिल्लामा २४७ निजी घरहरू पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि १ करोड ८ लाख ९७ हजार ५ सय रूपैयाँ पठाइएको प्राधिकरणका प्रवक्ता लिलाधर अधिकारीले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्