आगलागीबाट उद्योगमा १५ करोड क्षति
झापा। मेचीनगर नगरपालिका-१५ निलकोठीस्थित बायोग्यास कोइला कारखानामा भएको आगलागीबाट १५ करोडको क्षति भएको प्रहरीले जनाएको छ ।ज्यामिरगढी प्रहरी चौकीबाट ४ किलोमिटर दक्षिण गाउँमा रहेको सो उद्योगले इन्धनमा प्रयोग हुने ब्रिकेट कोइला उत्पादन गर्दै आएको थियो । जिल्ला प्रहरी कार्यालय झापाले उद्योग सञ्चालकलाई उद्धृत गर्दै आगलागीबाट १५ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। रासस
प्रतिक्रिया दिनुहोस्