कन्सल्टेन्सीको नाममा ठगी गर्ने पक्राउ
काठमाडौं। वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई महानगरीय अपराध महााशाखाको टोलीले पक्राउ गरेको छ।

धादिङ घर भइ हाल ललितपुर बस्ने ४२ वर्षीय सुमन भन्ने मानबहादुर गुरूङलाई प्रहरीले पक्राउ गरेको हो।

रिहाना एजुकेशन कन्सल्टेन्सीको सञ्चालक भन्दै दश लाख ५० हजार बढी ठगी गरेको अभियोगमा उनी पक्राउ परेका हुन्।

म्याग्दी मालिका गाउँपालिका–५ घर भई हाल काठमाडौं सामाखुशी बस्ने ५० वर्षीय हुमलाल गुरुङ समेतका व्यक्तिहरूले महाशाखामा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

काठमाडौं डिल्लीबजारबाट पक्राउ परेका उनलाई अपराध महाशाखाले थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुको जिम्मा लगाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्