इन्डोनेसिया। इन्डोनेसियाको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ। यात्रुवाहक बस नदीमा खसेको र नदीमा बेपत्ता भएकामध्ये १३ जना अझै नभेटिएको अधिकारीले जनाएका छन्।
बेपत्ता भएकाको खोजी भइरहेको र भेटिने सम्भावना न्यून रहेको खोजी तथा उद्धारमा संलग्न एक प्रहरीको भनाइ छ। घटनामा परी घाइते भएकामध्ये अरू १३ जनाको बसेमाह अस्पतालमा उपचार भइरहेको जनाइएको छ। उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको संख्या बढ्न सक्ने पनि चिकित्सकले जनाएका छन्।
दुर्घटनामा परेको बसमा १५० मिटर तल खसेको थियो। दुर्घटना भएका बेला बसमा ५४ यात्रु थिए। दुर्घटना भएको ठाउँ देशको दुर्गम क्षेत्र मानिन्छ। रासस/सिन्ह्वा
" /> इन्डोनेसिया। इन्डोनेसियाको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ। यात्रुवाहक बस नदीमा खसेको र नदीमा बेपत्ता भएकामध्ये १३ जना अझै नभेटिएको अधिकारीले जनाएका छन्।बेपत्ता भएकाको खोजी भइरहेको र भेटिने सम्भावना न्यून रहेको खोजी तथा उद्धारमा संलग्न एक प्रहरीको भनाइ छ। घटनामा परी घाइते भएकामध्ये अरू १३ जनाको बसेमाह अस्पतालमा उपचार भइरहेको जनाइएको छ। उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको संख्या बढ्न सक्ने पनि चिकित्सकले जनाएका छन्।
दुर्घटनामा परेको बसमा १५० मिटर तल खसेको थियो। दुर्घटना भएका बेला बसमा ५४ यात्रु थिए। दुर्घटना भएको ठाउँ देशको दुर्गम क्षेत्र मानिन्छ। रासस/सिन्ह्वा
">