भरतपुर अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु चितवन। भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन्। माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा गएराति १२ः४५ बजे मृत्यु भएको हो । यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ का ३८ वर्षीय पुरुषको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा सोमबार साँझ पौने ७ बजे मृत्यु भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्