निषेधाज्ञाको अवज्ञा गरी चलाइएका २ हजार ७४ सवारीसाधन नियन्त्रणमा काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका २ हजार ७४ वटा सवारीसाधनलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सोमबार नियन्त्रणमा लिइएको जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये १ हजार ४२६ वटा दुई पाङग्रे, ५२७ वटा चारपाङग्रे र १२१ वटा ठूला सवारीसाधन रहेका छन्। नियन्त्रणमा लिइएका सवारीसाधनलाई अब कार्वाही गरेर मात्रै छाडिने ट्राफिक प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्