चट्याङ लागेर दुई जनाको मृत्यु
बैतडी। बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रोडीदेवल बस्ने ४५ वर्षीय गोबिन्द सिंह भण्डारीको चट्याङ लागेर सोमबार मृत्यु भएको छ। घर नजिकै गहुँ, मकै पिस्ने मिलमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो। यस्तै, झापाको भद्रपुर नगरपालिका–३ किच्चकवधमा गस्ती गर्ने क्रममा चट्याङ लागेर प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको सोमबार नै मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस्