बारामा ५० वेडको आइसोलेसन निर्माण, संक्रमित घरमै बस्न रुचाउँछन् काठमाडौं। कोरोनाको दोस्रो लहर सुरुभएपछि बारा जिल्लामा हिजोसम्ममा ३१५ जनामा संक्रमण र ९ जनाको मृत्यु भएको बारा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए। बारा जिल्लाक कलैया उपमहानगरपालिका र जितपुरसिमरा उप-महानगरपालिका कोरोनाको अत्यन्त जोखिम रहेको उनले जनाए। जिल्लाको सदरमुकाम कलैयामा ५० वेड क्षमताको आइसोलेसन निर्माण गरिएको छ। तर विरामीहरु त्यसमा नबसी होमआइसोलेसनमा बसी उपचार गरेको पौडेलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्