कोरोना बढेपछि बिहारमा १५ मेसम्म लकडाउन एजेन्सी। कोरोना भाइरसको संक्रमण तीव्र बनेपछि भारतको बिहारमा १५ मेसम्म लकडाउन लगाइएको छ। कोरोनाको रफ्तार ब्रेक गर्न भन्दै मुख्यमन्त्री नितिशकुमारले लकडाउन लगाउने निर्णय गरेका हुन्। लकडाउन अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन्। कोरोना संक्रमण बढेपछि अस्पतालमा बेड, भेन्टिलेटर, औषधि र अक्सिजनको हाहाकार भएको छ। भारतमा कोरोनाका बिरामी र मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्