घरायसी विवादमा गरे जेठाजुले बुहारीको हत्या
धनुषा। धनुषामा एक जेठाजुले आफ्नै बुहारीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन्।

धनुषाको मिथिला नगरपालिका–९ मा घरायसी विवादका कारण जेठाजु श्रीप्रसाद पंजियारले  बुहारी ३८ वर्षीया रानीदेवी पंजियारलाई खुकुरी प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ।

रानीदेवीका श्रीमान वैदेशिक रोजगारीमा छन्।

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका श्रीप्रसाद साहले बहिनीको घर बडहरी गएकी रानीलाई खुकुरी प्रहार गरेका हुन्। बडहरीमा श्रीप्रसादका साढुको घर रहेको छ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रानीको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख, प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए।

उपचारकै क्रममा रानीले जेठाजु श्रीप्रसादले आफूलाई घरायसी विवादको कारणले पछाडीबाट खुकुरी प्रहार गरेको प्रहरीसमक्ष बयान दिएको यादवले बताए।

खुकुरी प्रहारबाट रानीको टाउकोमा ३ वटा घाउ देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

घटनापश्चात श्रीप्रसाद फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्