दिल्लीबासीलाई दुई महिना निःशुल्क खाद्यान्न एजेन्सी। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राशनकार्ड भएका दिल्लीवासीलाई दुई महिनासम्म निःशुल्क खाद्यान्न दिने घोषणा गरेका छन्। दिल्लीमा ७२ लाख राशनकार्ड लिएका मानिस छन्। केजरीवालले टेम्पु र ट्याक्सी चालकलाई पनि मासिक पाँच/पाँच हजार रुपैयाँ दिने मंगलबार बताएका छन्। यस्ता चालक त्यहाँ डेढ लाखभन्दा बढी छन्। खतरनाक मानिएको र तीव्र गतिमा फैलिइरहेको कोरोनाको दोस्रो लहरका कारण दिल्लीमा लकडाउन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्