बेलायतमा २४ करोड पाउन्ड लगानी गर्दै सिरम इन्डिया एजेन्सी। सिरम इन्स्टिच्युट अफ इन्डियाले भ्याक्सिन कारोबार विस्तार गर्न बेलायतमा २४ करोड पाउन्ड लगानी गर्ने भएको छ। बेलायती प्रधानमन्त्री कार्यालयले एक अर्ब पाउन्डको भारत-ब्रिटेन व्यापार संवर्द्धन साझेदारीअन्तर्गत यो घोषणा गरेको हो। यसबाट बेलायतमा साढे ६ हजार नयाँ रोजगारी सिर्जना हुनेछ। भारतको पुणेस्थित सिरम कम्पनीका साथै २० वटा भारतीय कम्पनीले बेलायतमा स्वास्थ्य, बायोटेक तथा सफ्टवेयरमा लगानी गर्ने घोषणा गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्