पूर्वगभर्नर रघुराम राजन भन्छन्- नेतृत्व र दूरदर्शिताको अभावले भारतमा कोरोना तीव्र बन्यो
एजेन्सी। भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर रघुराम राजनले नेतृत्व र दूरदर्शिताको अभावका कारण भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको बताएका छन्। ब्लुमबर्गसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले भने, "विभिन्न मुलुकमा भाइरसले के गरिरहेको छ भन्नेबारे ध्यान दिएर आवश्यक व्यवस्था गरिनु पर्थ्यो, त्यो गर्दै गरिएन। हामीले ध्यान अन्यत्र लगायौं। भारतले पर्याप्त भ्याक्सिन पनि बनाएन।"
प्रतिक्रिया दिनुहोस्