संघ/संस्थालाई महामारी रोकथाममा सघाउन परिषद्को निर्देशन
काठमाडौं। समाज कल्याण परिषद्ले सामाजिक क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ/संस्थालाई आफ्नो चालु परियोजनाबाट निश्चित प्रतिशतसम्मको रकम कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि सहायता गर्न निर्देशन दिएको छ। परिषद्सँग सम्झौता गरी वा स्वीकृति लिइ सञ्चालन भइरहेका परियोजनाको कूल बजेटबाट रकमान्तर गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको प्राथमिकताका क्षेत्रमा उपचार सहायता गर्न भनेको छ। रासस
प्रतिक्रिया दिनुहोस्