अफ्रिकाको जिबुटी पुग्यो चीनको बीआरआई
एजेन्सी। चीनको महत्वाकांक्षी योजना बीआरआई(बेल्ट एन्ड रोड इनिसियटिभ) अफ्रिकाको जिबुटी पुगेको छ। जिबुटीमा थुप्रै परियोजना सुरु भएका छन्। परियोजनाको सुरक्षामा चीनले आफ्नै सेना तैनाथ गरेकामा कतिपयले चिन्ता पनि गरेका छन्। चीनले भने आफ्नो परियोजनामा काम गर्ने नागरिकको सुरक्षाका लागि सेना लगेको बताएको छ। बीआरआईलाई चीनको चालबाजीभन्दै भारतलगायतका मुलुकले वहिष्कार गरेका छन्। पछिल्लो समय अस्ट्रेलियाले बीआरआईको विरोध गरेको थियो।
प्रतिक्रिया दिनुहोस्