साउदीस्थित नेपाली दूतावासका एक कर्मचारीलाई कोरोना संक्रमण, दूतावासको काम तीन दिन स्थगित काठमाडौं। साउदी अरबको रियादस्थित नेपाली दूतावासका एक कर्मचारीलाई कोरोना संक्रमण भएको छ। कर्मचारीमा संक्रमण देखिएपछि सेवाग्राहीले प्रत्यक्ष उपस्थित भइ लिनुपर्ने सेवा दूतावासले तीन दिनको लागि स्थगित गरेको छ। सेवा वैशाख २३ गतेसम्म स्थगित गरिएको दूतावासले जनाएको छ। सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी सेवा स्थगित गरिएको हो। सेवा स्थगित हुँदा राहदानी नविकरण, मागपत्र प्रमाणीकरण, कागजात जारी लगायतका काम रोकिने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्