सम्बन्धविच्छेदपछि रामकृष्णले भने– ‘अरूले जेसुकै भनून्, हाम्रो सम्बन्ध मर्दैन’

काठमाडौं। गायक रामकृष्ण ढकालले श्रीमती निलम शाहसँग वैवाहिक सम्बन्ध अन्त्य गरेलगत्तै फेसबुकमा भावुक स्टेटस पोस्ट गरेका छन्। श्रीमती निलमसँगको तस्वीर राखेर उनले लेखेका छन्, ‘अरूले जेसुकै भनून्, तर हाम्रो सम्बन्ध कहिल्यै मर्दैन।’

ढकाल र निलमले आजै आपसी सहमतिमै काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेका थिए। निलमले सम्बन्धविच्छेदका लागि ८ पुसमा काठमाडौं जिल्ला अदालतमा निवेदन दिएकी थिइन्। सम्बन्धविच्छेदपछि अदालतले उनीहरूकी छोरी निलमसँग रहने निर्णय सुनाएको छ।

निलमले अदालतमा दिएको निवेदनमा रामकृष्णमाथि समय दिन नसकेको आरोप लगाएकी छन्। गायक ढकाल र निलमबीच १४ मंसीर २०५९ मा विवाह भएको थियो।

‘हामीलाई समय दिनुस, पति तथा पिताको दायित्व पूरा गर्नुस् भनी बारम्बार भन्दा आफ्नो कार्य व्यस्तताले हामीलाई उचित समय दिन सक्नु भएन। यसैकारण हामीहरुको बीचमा मनमुटाव तथा सामान्य झै–झगडा हुन थाल्यो’, उनले निवेदनमा लेखेकी छन्।

मुलुकी देवानी संहिता २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था गरेकाले त्यसमै टेकेर दुवैको सहमतिमा दुई दिनमै सम्बन्धविच्छेदको निर्णय भएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्