चीन-अस्ट्रेलिया तनाव : चिनियाँ मिडियामा अस्ट्रेलियाली सेनाको अफगानिस्तानमा युद्ध अपराधबारे पोस्टर
एजेन्सी। चिनियाँ कम्युनिस्ट पार्टीनजिक ‘ग्लोबल टाइम्स’ पत्रिकाले अस्ट्रेलियाले अफगानिस्तानमा गरेको युद्धअपराधबारे पोस्टर प्रकाशन गरेको छ। अस्ट्रेलियाली सेनाले सात वर्षमा अफगानिस्तानमा ३९ जना नागरिक, बन्दी र बालकहरू मारेको, हत्याकाण्ड मच्चाएको र मृतकसँगै विदेशी हतियार राखेर तस्बिर दुरुपयोग गरेको पोस्टरमा उल्लेख छ। अस्ट्रेलियाले कोरोनाभाइरसको उद्गमबारे चीनलाई कारवाही गर्नुपर्ने र हुवाएइलाई ५जीको टेन्डरबाट हटाएपछि दुवै देशबीचको सम्बन्ध तनावग्रस्त छ।
प्रतिक्रिया दिनुहोस्