प्रहरी अस्पतालमा 'डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम' सञ्चालन
काठमाडौं। नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा 'डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम' सञ्चालनमा ल्याइएको छ। उक्त सिस्टमको दैनिक उत्पादन क्षमता ४६ लिटरका १४० वटा सिलिण्डर रहेको प्रहरीले जनाएको छ। कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङ्क, अक्सिजन स्टोरेज ट्याङ्क, सिलिडर फिलिङ स्टेशनलगायतका उपकरण राखिएको उक्त सिस्टम युएनओपीएसको सहयोगमा करिब ३ करोड रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको हो।
प्रतिक्रिया दिनुहोस्