रेडकर्नर नोटिसधारी तीन जना चिनियाँ अपराधी नेपालमा
काठमाडौं। तीन जना कुख्यात अपराधी नेपालमा लुकेर बसेको भन्दै उनीहरूलाई पक्राउ गरिदिन चीनले नेपाल सरकारलाई पत्राचार गरेको छ।

रेडकर्नर नोटिसमा सूचीकृत अन्य तीन जनाको पनि खोजी गरिदिन चीनको विदेश मन्त्रालयले नेपालस्थित दूतावासमार्फत सरकारलाई पत्राचार गरेको छ।

‘ईडी ८७८९४६५’ नम्बरको राहदानीवाहक यु अइहाई, ‘ईजी ००९१७४५’ राहदानी भएका जहाङ जोङमोउ र ‘ईई ७८६२३१०’ नम्बरको राहदानीवाहक क्यु क्विङलाई पक्राउ गर्न इन्टरपोल चीन र त्यहाँको विदेश मन्त्रालयबाट पत्र आएको हो।

फरार रहेकामध्ये युको राहदानी १७ सेप्टेम्बर २०१८ र जहाङको १७ अप्रिल २०१९ मा जारी भएको हो।

चीन सरकारकै अनुरोधनमा नेपालमा बसेका अन्य १२२ जनालाई प्रहरीले ७ पुसमा पक्राउ गरिसकेको छ।

चीनमा अपराध गरेर भागेका आफ्ना नागरिकको निगरानी गर्न चिनियाँ सुरक्षाकर्मीको विशेष टोली अहिले काठमाडौंमै छ।

चिनियाँ दूतावासले पठाएको पत्र परराष्ट्र, गृह मन्त्रालय हुँदै मंसीर तेस्रो साता प्रहरी प्रधान कार्यालय पठाइएको थियो।

त्यसको जानकारी अध्यागमन विभाग स्रोतले उनीहरु कहिले नेपाल आएको भन्ने विवरण दिन नचाहेको आजको कान्तिपुर दैनिकमा समाचार छ।

रेड कर्नर नोटिसधारी विदेशी नेपालको अध्यागमन कानून छलेर कसरी भित्रिए भन्नेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्