बारामा १७ वर्षीया किशोरी बलात्कृत
बारा। बारामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा निजगढ नगरपालिका-७ बस्ने बारागढी गाउँपालिका-२ घर भएका ३५ वर्षीय हितलाल हजरालाई आज प्रहरीले पक्राउ गरेको छ। हितलालले ती किशोरीलाई विवाह गर्छु भनी ललाई-फकाई निजगढ नगरपालिका-७ स्थित केराबारीमा शुक्रबार बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्