लादेन मारिएको १० वर्षपछि बाइडेनले भने– ‘कहिल्यै भुल्ने छैन’ एजेन्सी। आतंककारी संगठन अलकायदाका प्रमुख ओसामा बिन लादेन मारिएको १० वर्ष पुगेको दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले देशको रक्षाको संकल्प गरेका छन्। उनले अबका दिनमा कुनै पनि आतंकवादी क्रियाकलापलाई टाउको उठाउन नदिनेसमेत बताएका छन्। २०११ मे २ मा अमेरिकी सेनाले पाकिस्तानको एबटाबादमा लुकेर बसेका लादेनलाई मारेको थियो। त्यसबेला बाइडेन उपराष्ट्रपति थिए। त्यो घटना आफूले कहिल्यै नभुल्ने उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्