भ्याक्सिन लगाएपछि हुने मृत्युदर कम, हवाईयात्रा सहज पार्दै ईयू
एजेन्सी। युरोपियन युनियनले अमेरिकाबाट विगत १३ महिनादेखि रोकेको हवाईयात्रा खोल्न प्रस्ताव गरेको छ। पछिल्लो समय भ्याक्सिन लगाएपछि हुने मृत्यु शून्यमा झरेको र भ्याक्सिनले कोरोनाबाट हुने गम्भीर असरबाट समेत जोगाउन थालेकाले युनियनले यस्तो प्रस्ताव राखेको हो। भारतमा अहिले अवस्था खराब भए पनि अन्य थुप्रै देशमा संक्रमण कमजोर हुँदै गएको छ। कोरोनाको पहिलो लहरमा सर्वाधिक प्रभावित अमेरिकामा समेत स्थितिमा सुधार आएको छ।
प्रतिक्रिया दिनुहोस्